`जनता समाजवादी पार्टी ´ दर्ता गर्न निर्वाचन आयोगमा

141
काठमाडौं –  गएराती पार्टी एकता गरेका दुई पार्टी आज आफ्नो नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।
राष्ट्रिय जनाता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरणपछि बनेको जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन्।
बिहान १० बजे अगाडि नै पार्टीका सात जना केन्द्रीय नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया सुरु गरेका हुन्। सांसद राजेन्द्र श्रेष्ठ लगायतका नेता आयोग पुगेका हुन्।
बुधबार राति समाजवादीका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ  यस्तै राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले पार्टी एकीकरण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here