धारिलो हतियारको प्रहारबाट गम्भीर घाइते

89

प्युठान / प्युठानमा धारिलो हतियारको प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। सरुमारानी गाउँपालिका–६ किमिचौरका २५ वर्षीया भीम बहादुर उलुङ्गेले बुधबार दिउँसो सामान्य वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा सोही ठाउँका ३२ वर्षीया टेक बहादुर उलुङ्गे गम्भीर घाइते भएको वडासदस्य तील बहादुर बुढाले जानकारी दिए ।

टाउकोमा चोट लागेका उनको एम्बुलेन्समार्फत् जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि पठाउने तयारी भइरहेको बुढाले जानकारी दिए । धारिलो हतियार प्रहार गर्ने भीम बहादुर घटनापछि फरार भएका छन् । उनी भर्खरै भारतबाट घर आएका थिए । उनीहरू नाताले दाजुभाइ हुन्। घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोस्ट बड्डडाडाबाट प्रहरी घटनास्थल तर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here