श्रीमतिको मनोबल बढाउन दोस्रो पटक बिहे

360

काठमाडौ, पुष्पकमल दाहाल प्रचण्ड र उनकी श्रीमति सीता दाहालले बिहीबार वैवाहिक सम्बन्धको ५० औँ वर्ष पुगेको अवसरमा दोस्रोपटक बिहे गरेका छन् ।
प्रचण्डले विवाह समारोहका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रीमति सीताको मनोबल बढाउन दोस्रो पटक बिहे गर्नुपरेको बताएका छन् । प्रचण्डले श्रीमतिले अघील्लो वर्ष देखिनै वैवाहिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा विधिवत पुनः विवाह गर्ने चाहना राखेको र चिकित्सकहरुले सीताको मनोबल उच्च राख्न सुझाव दिएकाले विवाह वर्षगाठलाई विशेष बनाएको बताएका छन् ।
सीता दाहाल छोरा प्रकाश दाहालको निधनपछि विभिन्न स्वास्थ्य समस्याबाट जुध्दै आइरहेकी छिन् । विवाह कार्यक्रमपछि श्रीमति सीताको मनोबल उच्च देखिएको प्रचण्डले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here