मन्त्री बास्कोटाको ठाडो आदेशमा तीन पत्रकारको जागिर धरापमा

234

काठमाडौं- संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको ठाडो आदेशमा राष्ट्रिय समाचार समिति राससका तीन पत्रकारको जागिर धरापमा परेको छ ।

दलाई लामाको समाचार सम्पे्रषण गरेको भन्दै राससको तीन पत्रकारको जागिर धरापमा परेको हो ।

लामाको समाचार सम्प्रेषण गरेको भन्दै राससको अंग्रेजी डेक्सका सोमनाथ लामिछाने, मोहनी रिसाल र जीवन भण्डारीलाई रासस व्यवस्थापनले स्पष्टिकरण सोधेको हो ।

बौद्ध धर्मगुरु तथा तिब्बती शरणार्थी नेता दलाई लामा भारतको नयाँ दिल्लीस्थित अस्पतालबाट डिस्चार्ज भई धर्मशालामा पुगेको समाचार ‘तिब्बती नेता दलाई लामा अस्पतालबाट धर्मशाला फिर्ता’ शीर्षकमा समाचार सम्प्रेषण गरेको भन्दै तीन जनामाथि स्पष्टिकरणको पत्र थमाइएको हो ।

पत्रमा राससका बोर्ड सदस्य एवं छानविन समिति संयोजक दिल्लीराम भट्टराईको हस्ताक्षर भएकाले यो विषयलाई सरकारले गम्भीर रुपले हेरेको स्पष्ट भएको छ ।

मन्त्री बास्कोटाको निर्देशनमा चार सदस्यीय छानबिन समिति गठन भएको र उक्त समितिले तिनै जनालाई पत्र पठाएर स्पष्टिकरण लिएको हो ।

दलाई लामाको खवरबारे जानकारी लिएर चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका प्रतिनिधिले राससका अध्यक्ष श्यामप्रसाद अधिकारी ‘स्यामल’ लाई भेटेका थिए । चीनको दवावपछि नै राससका तीन संचारकर्मीको जागिर अफ्ट्यारोमा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here