पाँचथरमा एक किशोरीको घाँटी रेटी हत्या

144

काठमाडौं- पाँचथरमा एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो ।

शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । प्रहरीका अनुसार, यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घटनास्थलबाट एक मोबाइल फोन फेला पारेको प्रहरीले जनाएको छ ।

किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here