प्रहरी जवानमाथि लाग्याे सिक्री चोरीको आराेप

180

काठमाडौं- बौद्ध सडकखण्ड पिच गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको छ ।

घटनामा मुछिएका प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, टेकुले कारबाही समेत गरेको छ । उनलाई निलम्बन गरेर छानविन थालिएको हो ।

स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको जनाएका छन् ।प्रहरीले आज प्रर्दशनकारीको सिक्री फिर्ता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here