ल्हासाबाट केही वर्षमै काठमाडौंमा रेल आउँछ: अध्यक्ष दाहाल

103

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन।

चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको उनको भनाइ थियो। विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको छ।’

प्रचण्डले रेल लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि जनाए। उनले चीनको ल्हासा हुँदै काठमाडौं र काठमाडौंबाट लुम्बिनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले लुम्बिनी–पशुपति–जनकपुर र नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरूलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि जनाए।

उनले लुम्बिनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको धारणा व्यक्त गरे।

‘दुवै देशका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्तिपीठहरूलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरूलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ।’

पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराएका थिए। त्यस अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय विभूतिद्धय भृकुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here