‘काउसो’ को ट्रेलर सार्वजनिक

327

काठमाडौं- अर्नभ फिल्मस प्रोडक्सनको निर्माणमा तयार गरिएको फिल्म ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। एक्सन र कमेडी जनरामा निर्माण गरिएको यस फिल्मको ट्रेलर यूटूब मार्फत सार्वजनिक गरिएको हो।

आगामी जेठ १७ गते बाट प्रदर्शनमा आउने फिल्मका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्मातामा राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । फिल्मको कथा तथा निर्देशन मदन घिमिरेको पटकथार संबाद भोजराज देवकोटाको रहेको फिल्ममा संगीत बिकास चौधरी, द्वन्द शंकर महर्जन र नृत्य बिक्रम स्वारको रहेको छ । रामेश्वर हुमागाईले छायांकन गरेको फिल्मलाई सम्पादन नबिन निरौलाले गरेका छन् फिल्मको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् ।

फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली, र बाल कलाकारमा असिम तिमल्सिनाको मुख्य भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here