काठमाडौं / नेपाली कथानक चलचित्र ‘लभ डायरीज’ ३ असोजमा प्रर्दशन हुने भएको छ । निर्माण युनिटले चलचित्रको फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । सार्वजनिक चलचित्रको फस्टलुकमा अभिनेता सुशिल श्रेष्ठ र नव–नायिका रुबिना थापा रोमान्टिक देखिएकी छिन् ।
चलचित्रमा सुशिल र रुबिनाका साथै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका रहेको छ । प्रेमकथा र कमेडी बिषय कथाको रुपमा उठाएको चलचित्रमा सौरभ चौधरीले निर्देशन गरेका छन् । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रकाा रोज तुलाधर पनि निर्माता हुन् ।


















