रौतहट / उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि अब प्रदेश–प्रदेश र स्थानीय तहबीच विकासको प्रतिस्पर्धा गर्ने बेला आएको जनाउनुभएको छ ।
विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको उहाँले जनाउनुभएको हो ।
रौतहटको कटहरिया नगरपालिकामा आज आयोजित जानकी महोत्सव कार्यक्रममा उहाँले स्थानीय तथा प्रदेश सरकारले सुशासनका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै अनियमितता र भ्रष्टाचार समृद्धिको साझा शत्रु भएको जनाउनुभयो ।
उपराष्ट्रपति पुनले देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको उल्लेख गर्नुभयो । प्र विकास र समृद्धिका लागि प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सक्षम बन्ने उहाँको बुझाइ छ ।

















