आ–आफ्ना सञ्चार साधनसहित उपस्थित हुन महासंघको आह्वान

89

काठमाडौं / मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघले संसद भवन अगाडि आन्दोलन गर्ने भएको छ ।

संघले पहिलो चरणको आन्दोलनका क्रममा जेठ ३ गते काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपरेको जनाउँदै प्रदर्शन गर्न लागेको जनाएको छ ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन भोलि जेठ ३ गते शुक्रबार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा आ–आफ्ना सञ्चार साधनहरुसहित उपस्थित हुन सबै सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई संघले आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here