राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने : प्रधानमन्त्री ओली

208

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको एकमात्र स्वविवेकीय अधिकार भएकाले कहीं पनि उजुरी नलाग्ने बताएका छन् ।

आइतबार बालुवाटारमा पत्रकारहरुसँगको लामो कुराकानीमा प्रधानमन्त्री ओलीले संविधानले प्रदत्त गरेको सरकार गठनका सबै प्रयासहरु असफल भएपछि राष्ट्रपतिले स्वविवेकीय अधिकार प्रयोग गरी संसद् भंग गरेकाले त्यसविरुद्ध प्रश्न गर्ने ठाउँ नभएको बताए।
झण्डै दुई घण्टासम्म भएको पत्रकाहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि बढी खनिए । उनले भने ‘संसदीय इतिहासमा संसारभर प्रयोग नभएको गाईजात्रा देखाएर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कीर्ते हस्ताक्षर गर्न उनले गरेको हर्कतलाई इतिहासले माफी दिने छैन ।’प्रधानमन्त्री ओलीले म एमालेको वरिष्ठ नेता भनेर सही गर्ने योभन्दा निर्लज्जता संसारमा केही नभएको भन्दै आफ्नै नेताविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर म एमालेको वरिष्ठ नेता भनेर निच्च देखाउन लाज लाग्नुपर्ने हो तर उनमा नैतिकता छैन जे पनि गर्न तयार हुन्छन् ।

आफ्नै पार्टीविरुद्ध लाग्न उनले डुप्लिकेट पार्टीसमेत दर्ता गरेर आफूमाथि षड्यन्त्र नै षड्यन्त्र गरेको भन्दै प्रधानमन्त्री ओलीले हामीले उनीहरुलाई स्पष्टीकरण सोधेकाले त्यहीअनुरूप जाने बताए । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here