आईसीसी एकदिवसीय विश्वकप विजेतालाई ४० लाख डलर

189

एजेन्सी– इङ्ल्यान्ड र वेल्समा मे ३० तारिखबाट सुरु हुन लागेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व कप विजेताको पुरस्कार राशी खुलाएको हो । यस पुरस्कार हालसम्मकै ठूलो भएको आईसीसीले जनाएको छ । विश्वकपको उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीले आठ आठ लाख र समूह चरणको विजेताले ४० हजार अमेरिकी डलर प्रापत गर्नेछन् ।

व्यक्तिगत स्पर्धाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आईसीसीले जनाएको छ । विश्वकपमा इङल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here