आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

236

गुल्मी- आफ्नै २ महिनाकी छोरीको हत्या गरेको अभियोगमा गुल्मीदरवार गाउँपालिका-४ बाख्रे बस्ने जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी श्रृङ्गाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जमुनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here