काठमाडौं- काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित पाण्डे लुम्बिनी भोजनालयबाट संरक्षित बन्यजन्तु रेड पाण्डाको १ थान छाला सहित मुगु रारा नगरपालिका-१२ घर भई हाल ललितपुर चापागाँउ बस्ने रुप बहादुर बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त भोजनालयमा लुकाई छिपाई झोलामा दुर्लभ मानिने रेडपाण्डाको छाला राखिएको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले जाँच गर्दा बुढालाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















