ड्यूटीमा रहेका सेनाका जवानको मृत्यु

134

पर्सा– नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत २८ वर्षीय देवीराम जैसीको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए ।

उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जनाए ।

मृतक जैसी कैलालीको सुखडका हुन् । उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ । मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछ पोष्टमार्टम हुने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here