सभामुख महरा समक्ष क्षमायाचना पत्र बुझाउँदै दुई संघीय सांसद

626

 काठमाडौं / लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा पुगेका दुई संघीय सांसदले ‘अनविज्ञताबस’ त्यहाँ पुगेको भन्दै क्षमायाचना गरेका छन् ।

सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएका थिए । समाजवादी पार्टीका यादवसँगै राजपा सांसद एकवाल अहमद सहभागी भएका थिए ।

सोमबार सभामुख कृष्णबहादुर महरालाई लिखित क्षमायाचना पत्र बुझाउँदै सांसदद्धय प्रदीपकुमार यादव र एकवाल मियाले नेपालको ‘एक चीन नीति’ प्रति प्रतिबद्ध गरेको जनाएका हुन् । सम्मलेनमा स्वतन्त्र तिब्बत सम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो ।

समाजवादी पार्टी नेपालका नेता यादव र राष्ट्रिय जनता पार्टी नेपालका मियाले सोमबार सभामुख कृष्णबहादुर महरा समक्ष क्षमायाचना पत्र बुझाउँदै आफूहरुले प्रतिनिधिसभाका सदस्यले पालना गर्ने आचार संहिता सम्बन्धी व्यवस्थालाई पूर्ण पालना गर्ने जनाएका छन् ।

सभामुख महरालाई आ–आफ्नो स्पष्टिकरण बुझाए लगत्तै दुवै सांसदले विज्ञप्ती मार्फत यस विषयमा जानकारी गराएका हुन् । उनीहरूले आफूहरु निजी भ्रमणको रुपमा स्वीट्जरल्याण्ड र टर्की हुँदै लात्भिया पुगेको दाबी गरेका छन् ।

उनीहरुले अन्जानवस सम्मेलनमा पुगे पनि स्वतन्त्र तिब्बत विरोधी कार्यक्रम रहेको थाहा पाएपछि लगत्तै आफूहरु कार्यक्रम छाडेर बाहिरिएको उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here