चिनियाँ राजदूतबाट रेलमार्ग निर्माणमा प्रतिबद्धता व्यक्त

196

काठमाडौं / चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको भएपनि प्रतिबद्धता व्यक्त गरेको छ । आजै बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावासमा पत्रकार सम्मेलन गरी नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले रेलमार्ग कठिन भएपनि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

उहाँले यस विषयमा नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको जानकारी पनि गराउनुभयो । राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन भन्दै उहाँले रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध रहेको जनाउनुभयो ।

क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको पनि चिनियाँ राजदूतले जानकारी गराउनुभयो । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको उहाँको भनाइ थियो । विभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै राजदूत यान्छीले पहिलो चरणको प्रि फिजिबिलिटीको काम मात्र सकिएको जानकारी पनि गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here