ललिता निवासको जग्गा: लाखमा किनेर करोडमा बिक्री

127

काठमाडौं- त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झण्डै एक करोडका दरले बेचेको पाइएको छ।

‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमा कान्तिपथको ५ ७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले भन्यो, ‘यो बिचमा उनीहरू अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए।’

, दुवैजना हाल फरार छन्। उनीहरूसँग जोडिएका कतिपय सरकारी अधिकारीसमेत अख्तियारले अनुसन्धान सुरु गरेपछि फरार छन्।

०४९ सालमा सरकारले जफत भएको भन्ने व्याख्या गरी ललिता निवासको जग्गा केही राणा परिवारलाई फिर्ता गरेको थियो। रुक्मशमशेरहरूले फिर्ता पाउँदा मोहीको लगतसहितको जग्गा पाएका थिए। मोहीहरूले पनि त्यही जग्गाको मोही प्रमाणपत्र माग गरिरहेका थिए।

सुवर्णशमशेरका सन्तानले जग्गा फिर्ता पाएपछि त्यसमा जोडिएका मोहीलाई वञ्चित गर्नुहुँदैन भनेर तत्कालीन एमालेका केही नेता दौडधुपमा लागेको जानकारहरू जनाउँछन्। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here