काठमाडौं- धरानस्थित जीवन विकास संस्थाका एकजना कर्मचारीमाथि गोली प्रहार भएको छ । धरान उपमहानगरपालिका-५ मा जीवन विकास लघुवित्त संस्थाका कर्मचारी शम्भु गच्छदारमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाईते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली हान्ने समूहले गच्छदारको साथबाट ४ लाख रुपैयाँ लुटेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली पुगिसकेको छ।


















