विप्लव (नेकपा) लाई मुलधारमा ल्याउँछौं : गृहमन्त्री बादल

250

काठमाडौं / गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेत्रविक्रम चन्द (नेकपा) लाई मुलधारमा ल्याउने जनाएका छन् ।

राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ताद्वारा मूल प्रवाहमा ल्याउने जनाएका हुन् ।

राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले समेत स्पष्ट
पारे ।

उनले विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here