गणतन्त्र दिवसमा ४ सय ३४ कैदीको कैद मिनाहा

413

काठमाडौँ- गणतन्त्र दिवसका दिन ४ सय ३४ जना कैदीको बाँकी कैद सजाय मिनाहा भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीले भने यस्तो कैद सजायको छुट पाउने छैनन् । कानुनअनुसार राष्ट्रिय उत्सवका दिन गणतन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी (गम्भीर प्रकृतिको अपराधमा सजाय भोगिरहेकाबाहेक) को बाँकी सजाय मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने घोषणा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here