
काठमाडौं / संसदमा बजेट भाषण गरेवापत अर्थमन्त्रीले कति रुपैयाँ पाउँछन् ? तपाईहरुको अनुमान हुन सक्छ, एक लाख या दुई लाखसम्म अर्थमन्त्रीलाई आम्दानी हुन सक्ला । तर यो सबै हल्ला मात्र हो । वास्तवमा बजेट भाषण गरेवापत अर्थमन्त्रीले कुनै पारिश्रमिक पाउँदैन् ।
‘बजेट पढेको पारिश्रमिक खै भनेर मेरो परिवारमा पनि प्रश्न सोधियो’ पूर्वमन्त्री कोइरालाले भने-‘अर्थमन्त्रीले बजेट पढेको पारिश्रमिक लिने चलन छैन’ उनले भने -पहिले पनि लिने चलन थिएन, हल्लामात्रै चलेको हो ।’
तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने जनाउँछन् ।
यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको जनाउँछन् ।

















