चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा

46

चितवन । माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो ।

टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो ।

गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताए ।

“राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्ड छ”, उनले भने, “माडीका चारवटा आयोजनामा भने प्रतिलिटर शून्य दशमलव पाँचण् एमजी आइरन भेटिएको छ, जुन हानीकारक मानिन्छ ।”

थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएता पनि बढी मात्राले स्वास्थ्यलगायतका विभिन्न कुरामा असर गर्ने देवले बताए । आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ ।

आयोजनाले अहिले फिल्टर नै नगरी पानी वितरण गर्ने गरेकाले उक्त समस्या देखिएको हो । विसं २०७२ को भूकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देव बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here