नेपालकाे पूर्वतिर डेंगूकाे संक्रमण

81

धरान-  पछिल्लो तीन साता यता धरानका विभिन्न अस्पतालमा परीक्षण गरिएका मध्ये ७५ जनामा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्राप्त विवरण अनुसार गत ३० बैशाखमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु रोग निदान भएको थियो । त्यसपछिको २१ दिनमा आजसम्म प्रतिष्ठानमा परीक्षण गराएका ११३ जनामध्ये ६२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

यस्तै धरानकै बिजयपुर अस्पतालमा परीक्षण गरेकामध्ये १३ जनामा पनि डेंगु पोजेटिभ देखिएको छ ।
महाशाखाले धरान नगरपालिकाको  ८ र १५ नम्बर वडा बढी प्रभावित भएको र ७,९ र १३ वडामा पनि विरामी देखिन थालेको जनाएको छ ।

महाशाखाले आईतबार जारी गरेको विवरणमा विरामीको संख्या बृद्धि हुँदै गएपनि कसैको मृत्यु नभएको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

 डेंगु फैलिएपछि  महाशाखाले २ सय थान डेंगु किट र स्वास्थ्य कार्यालयबाट १ सय थान डेंगुकिट पठाइसकिएको जनाएको छ । यस्तै थप ५ सय थान किंट आज पठाइदै गरेको महाशाखाले जनाएको छ ।

 डेंगु नियन्त्रणका लागि प्रतिष्ठानमा हेल्थ डेष्क स्थापना गरिएको अस्पताल, जिल्ला र नगरपालिकाका फोकल पर्सनहरुसंग सम्पर्क भइरहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here