विवाह मण्डपमै बेहुला पब्जी खेल्न व्यस्त भएपछि ….

186

काठमाडौं / पब्जी गेम प्रतिबन्ध लगाइएका समाचार धेरै आए । युवाहरु यतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा  भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ । भिडियो हेरियो भने थाहा पाइन्छ पब्जी गेममा ‘क्रेजी’ हुन्छन् भन्ने कुरा :

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

उक्त भिडियो झण्डै ५ लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो । यस्तैमा पछिल्लो केही दिनयता विवाह मण्डपमै पब्जी खेलिरहेको भिडियोले चर्चा पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here