एशियाली ‘पावरहाउस’ जापानलाई परिणत गर्दै स्विडन सेमिफाइनल पुग्याे

24

काठमाडौं । महिला फुटबलको एशियाली ‘पावरहाउस’ जापानले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा क्वार्टरफाइनलमा स्विडनसँग पराजित हुँदै घर फर्किने भएको छ। स्विडनले जापानलाई पराजित गरेर सेमिफाइनलमा पुगेसँगै सन २०११ को विश्वकप विजेता जापान भने प्रतियोगिताबाटै बाहिरिएको हो। न्युजिल्याण्डको इडन पार्कमा आज (शुक्रबार) भएको खेलमा स्विडनले विश्वविजेता रहिसकेको जापानलाई २–१ ले पराजित गरेको हो।

स्विडनको जितमा अमान्दा इलिस्टेड र फिलिप एन्जेल्डले १/१ गोल गरे। खेलको ३२ औँ मिनेटमा आमान्दा इलिस्टेडको गोलमा स्विडनले अग्रता बनाएको थियो। पहिलो हमफमा १–० ले पछि परेको जापान दोस्रो हाफमा अर्को गोल खान पुग्यो। खेलको ५१ औँ मिनेटमा फिलिप एन्जेल्डले पेनाल्टीमार्फत गोल गरेपछि स्विडनले अग्रता दोब्बर बनायो। ७६ औं मिनेटमा रिको युकी पेनाल्टीमा चुक्दा जापानले गोल अन्तर घटाउने सुनौलो अवसर गुमायो।

युकीको प्रहार बारमा लागेर फर्किएको थियो। ८७ औं मिनेटमा हायाशीले गोल गर्दै जापानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो। सन् २०११ को विजेता जापानले नर्वेलाई ३-१ तथा स्विडनले साविक ४ पटकको विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै क्वार्टरफाइनमा स्थान बनाएका थिए।

सन् २०१५ को विश्वकपमा जापान अमेरिकासँग फाइनलमा पराजित भएको थियो। स्विडनले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। सन् २००३ मा जर्मनीसँग फाइनलमा पराजित भएको स्विडन त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन। स्विडनले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले शुक्रबार नै सम्पन्न पहिलो क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here