गायिका लक्ष्मी पुरीको ‘सिठ्ठी बजाउँछन्’ सार्वजनिक (भिडियोसहित)

217

काठमाडौं / लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीत सिठ्ठी बजाउँछन् म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो ।

गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको ‘सिठ्ठी बजाउँछन्’ मा राम गोपाल आशुतोषको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको जनाउँछिन् ।

लोकदोहोरीको क्षेत्रमा सबैभन्दा धेरै म्यूजिक भिडियो निर्देशन गरेका निर्देशक शंकर बिसीले आधुनिक प्याटर्नको गीतको निर्देशन गरेका छन् ।

सिठ्ठी बजाउँछन् गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । शंकर बिसी र करिश्मा ढकालको अभिनय रहेको यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका छन् भने नवीन घर्ती मगरको सम्पादन रहेको छ । गीतलाई शुभकामना मिडिया सोलुशनले बजार प्रबद्र्धन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here