काठमाडौ / बहुमुखी प्रतिभाका धनि साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा रचित २० औँ कृतिअन्तर्गत गीति एल्बम ‘मिर्मिरे’ काठमाडौंको अनामनगरमा गत शुक्रबार ४७ औ जन्म उत्सवमा कार्यक्रममा सार्वजनिक भएको छ ।
साहित्यिक क्षेत्रमा नभइ चित्रकारिता तथा गायन क्षेत्रमा योगदान दिदै आइरहनु भएका महर्जन स्वंयम्को एकल रचना रहेको एल्बम विमोचन कार्यक्रममा प्रमुख अतिथि ज्योतिष अर्जुन क्षेत्री, चर्चित गायक धिरज राई, संगीतकार सन्तोष श्रेष्ठलगायत अतिथीहरूबाट संयुक्त रूपमा सार्वजनिक गरिएको थियो । उक्त एल्बममा सूर्य कमल राई तृप्ती खड्का, सरिता प्रजापति, अश्विनी सिटौला, संगीता रायमाझी, दिनेश थानी, राम अवाले लगायतले सुमधुर स्वर दिएका छन् । एल्बममा राम कार्की, सूर्यकमल राई र बुद्ध सायमीको संगीत भरेका छन् ।
प्रमुख अतिथीको रूपमा युवा ज्योतिष अर्जुन क्षेत्रीले ‘महर्जनको साँगीतिक क्षेत्रमा आफूले उपस्थिति जनाउन पाउँदा निक्कै खुसी प्रकट गरि जन्म दिनको शुभकामना दिनु भयो । कार्यक्रमका सभापति ओएस नेपालका तर्फबाट विवेक कार्कीले, “आफ्नो संस्थाले आउँदा दिनहरुमा अन्य कृतिहरु प्रकाशनमा जोड दिदै जन्म दिनको उपलक्ष्यमा शुभकामना दिनु भयो ।”
अतिथीका रुपमा पाल्नु भएका चर्चित गायक धिरज राईले ‘विगत १२ बर्ष देखि बुद्ध वाज ब्रोन इन नेपाल अभियानमा महर्जनको साथ रहेकोमा खुशी प्रकट गर्दै जन्मदिनको शुभकामना दिनु भयो । उनले भने बुद्धका बारेमा संसारमा ६५% पुस्तकहरुमा भगवान् बुद्धको जन्म भारतमा भएको उल्लेख गरिएकाले बुद्धको जन्मस्थलबारे भ्रम श्रृजना गर्ने पुस्तकमा रोक लगाउन आवश्यक रहेको धारणा राखेका थिए ।
















