यसरी हुन्छ युरिक एसिड-लक्षण,असर र बच्ने उपाय

417

युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ ।  कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर ‘हाइपरयुरेसिमिया’ भएको हुन सक्छ।

रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ।

एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजीरडिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजीरडिएलभन्दा कम राख्नुपर्ने हुन्छ।

जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।

दीर्घकालीन गाउट  यो कडा खालको जोर्नी दुख्ने समस्या हो। लामो समयसम्म युरिक एसिडको समस्या हुनेहरु दीर्घकालीन गाउटका बिरामी हुन्।

यस्तो अवस्थाका बिरामीलाई औषधि खाँदा केही समय निको हुने र पछि फेरि बल्झिने र जोर्नीहरुमा अत्याधिक दुखाइ हुने गर्छ। प्रायःजसो ६ महिना वा वर्ष दिनभन्दा बढी युरिक एसिडको समस्या भएकाहरुलाई गाउटको दीर्घरोगीका रुपमा लिन सकिन्छ।

यस्तो समस्या भएकाहरुमा दुखेको जोर्नी माथिबाट ‘टोफाइ’ भन्ने सानो कमलो मासुको डल्लो जस्तो देखा पर्छ। यस्तो समस्या भएकालाई खुट्टाको बुढी औँला र आसपासमा मात्र होइन शरीरका अन्य जोर्नीमा पनि दुखेको महसुस हुन्छ।

एक्युटस् तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।

सामान्यतया जोर्नी दुख्दैमा गाउट भएको भन्न मिल्दैन। जोर्नी दुख्ने विभिन्न कारण हुन्छन्। गाउट भएरनभएको जान्नका लागि जोर्नी दुखेको वा सुन्निएको ठाँउबाट पानी झिकेर जाँच गराउनुपर्छ। जाँच गराउँदा जोर्नीहरुमा सुइको टुप्पो जस्तो आकार भएका साना-साना ‘क्रिस्टल’हरु देखा परेपछि गाउट भएको थाहा पाउन सकिन्छ।

कसरी हुन्छ युरिक एसिडरु युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ। यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ।

प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ।

युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ। युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलालाई भने निकै कम मात्रामा देखिन्छ। महिनावारी हुँदा निस्कने हर्मोनले जोर्नी दुख्ने समस्यालाई कम गराउँछ।

लक्षण

  • खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु।
  • जोर्नी राति बढी दुख्नु।
  • दुखाइ सहनै नसक्ने हुनु।
  • लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
  •  ज्वरो आउनु, आदि।

असर

युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरुमा ‘डिफर्मेसन’ (जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरुप बिग्रनु) ल्यादिन्छ। युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्‍याउँछ। यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ।

बच्ने उपाय

  • नियमित व्यायम गर्ने।
  • पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।
  • धूमपान र मध्यपानबाट टाढै बस्ने।
  • प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।
  •  गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।
  •  शरीरको वजन घटाउने।
  •  नियमित ‍औषधिको प्रयोग गर्ने।
  •  समय-समयमा चिकित्सकको परामर्श लिने। ९बाथरोग विशेषज्ञ डा। रेग्मी ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कार्यरत छन्० प्रस्तुतिः पारसविक्रम शाही – स्यास्थ्यखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here