अपराधमा संलग्न भएको आरोपमा युट्युबरमाथि १५ महिनाको सजाय जेल

173

आजकल युट्युब च्यानल बनाएर आफ्नो भिडियोलाई भाइरल बनाउन तथा पैसा कमाउन लागि युट्युबरहरुले अनेक खालका हर्कत गरेर भिडियो अपलोड गर्ने चलन भएको छ । यस्तैमा एकजना युट्युबरले बिस्कुटमा क्रिमको साटो दाँत माझ्ने पेष्ट राखेर एकजना घरबारविहीन मानिसलाई खान दिए । यस्तो अपराधमा संलग्न भएको आरोपमा ती युट्युबरमाथि १५ महिनाको सजाय भएको छ ।

न्युयोर्क टाइम्सका अनुसार यो घटना स्पेनको हो । केन्गुहा रेन नामक युट्युबरमाथि अदालतले कठोर सजाय सुनाएको हो । सन् २०१७ को यो घटनामा ती व्यक्तिले पीडितका नैतिकता र सम्मानमा ठेस पुर्याएको ठहर अदालतले गरेको छ । साथै अदालतले ती व्यक्तिको युट्युब च्यानल बन्द गर्न र सन् २०२४ सम्म कुनै पनि अनलाइनमा भिडियो पोष्ट नगर्नसमेत आदेश दिएको छ । त्यस्तै पीडितलाई २० हजार युरो क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ । वास्तवमा ती युट्युबरले जर्ज एल नामका घरवारविहीन व्यक्तिलाई टुथपेष्ट मिसाएको बिस्कुट खान दिएर प्रान्क भिडियो तयार गरी युट्युबमा अपलोड गरका थिए । टुथपेष्ट मिसाएको बिस्कुट खाँदा ती व्यक्तिले वान्ता नै गरेका थिए ।

उक्त प्रान्क भिडियो युट्युबमा निकै लोकप्रिय बनेको थियो र त्यसमा विज्ञापनबाट २ हजार युरो उनले कमाइसकेका छन् । ती युट्युबरले कमजोर मानिसहरुको खिल्ली उडाउँदै यसअघि पनि विभिन्न खाले भिडियो खिच्ने गरका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here