अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशनको कार्यालयमा प्रहरीको छापा

161

एजेन्सी / अष्ट्रेलियामा, पत्रकारहरूलाई लक्ष्यित गर्दै थालिएको खानतलास कार्वाहीको दोस्रो दिन प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन, एबीसी,को सिड्नीस्थित मूख्यालयमा छापा मारेको छ।

उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुईजना रिपोर्टर र समाचार निर्देशकको नाम उल्लेख भएको खानतलास अनुमति पत्र, सर्च वारेन्ट, सहित प्रहरी अधिकारीहरू पुगेका थिए। त्यस्तो प्रहरी कार्वाहीको एबीसीले विरोध गरेको छ। प्रहरीको त्यस्तो कार्वाही अफगातिस्तानमा अष्ट्रेलियाली सेनाले गरेका भनिएको दुर्व्यवहारहरू बारेका लेखसँग सम्बन्धित छ।

मंगलबार प्रहरीले न्यूज कर्प का एकजना पत्रकारको घरमा खानतलास गरेको थियो। देशको अग्रणी पत्रकार संघले भनेको छ, प्रहरीले छापा मारेको ती दुई घटनाले ‘अष्ट्रेलियाली प्रेस स्वतन्त्रतामाथि भैरहेको चिन्ताजनक हमला’ को प्रतिनिधित्व गर्दछन्। अन्य युनियन र मानवअधिकारवादी समूहहरूले पनि प्रहरीको कदमको निन्दा गरेका छन्।

एबीसीका अनुसार, बुधबारको प्रहरी खानतलास सन् २०१७ मा प्रकाशित विशेष समाचार श्रृंखलासँग सम्बन्धित छन्। द अफगान फाइल्स शिर्षकको उक्त श्रृंखलाले ‘अफगानिस्तानमा परिचालित अष्ट्रेलियाली विशेष सैन्यले गरेका भनिएका दुर्व्यवहार र गैरकानुनी हत्याका आरोपहरू’ उजागर गरेको थियो।

उक्त प्रसारण संस्थाले भनेको छ उक्त कार्यक्रम श्रृंखला ‘एबीसीलाई चुहाइएको प्रतिरक्षा मन्त्रालयका सयौं पृष्ठका गोप्य दस्तावेजहरूमा आधारित’ थियो।

अष्ट्रेलियाली संघीय प्रहरीले भनेको छ, खानतलास गर्ने वारेन्ट ूगोप्य सरकारी दस्तावेज प्रकाशित गरेको आरोपू सँग सम्बन्धित छ। एबीसीले सन् २०१७ को जुलाई १० तारिखका दिन ‘द अफगान फाइल्स’ प्रकाशित गरेको थियो।

प्रहरीले मंगलबार र बुधबारका छापा मार्ने कार्वाहीका बीच कुनै सम्बन्ध नरहेको बताएको छ। तर ‘दुवै घटना सन् १९१४ को अपराध सम्बन्धि कानुनको प्रावधान अन्तर्गत गोप्य सामग्री प्रकाशित गरेको भन्ने बेग्ला बेग्लै आरोपहरूसँग भने सम्बन्धित छन्,  प्रहरीले आफु ‘सँधै स्वतन्त्र र निष्पक्ष रहेको’ दावी गर्दै आफ्नो कदमको बचाउ गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here