दिक्तेल–दोबेला घुम्ती सडक सञ्चालन

335

खोटाङ / दिक्तेल–दुम्ली–दोबेला घुम्ती सडक सञ्चालनमा आएको छ । सडकको ट्याक पहिला नै खोलिएको भए पनि हालसम्म सञ्चालनमा उक्त सडक आएको थिएन । सडकलाई पुन:मर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको छ ।

 

रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउापालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्गका रुपमा लिइएको छ । दोर्पा चिउरीडााडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सो सडकको उद्घाटन गर्नु भएको छ ।

 

करिब २२ किमी लम्बाइ रहेको सडक उद्घाटनका लागि जानुभएका रिजाललाई स्थानीयहरूले फूलमाला लगाएर स्वागत गरेका थिए । करिब रु ३० लाखको लगानीमा दिक्तेल–दुम्ली–रतन्छा सडकको दिक्तेल अस्पताल चोकबाट ट्याक खोलिएको छ ।

 

सडक निर्माणका क्रममा पुरानो र नयाा निर्माण उपभोक्ता समितिमार्फत करोडौं खर्च भएको जनाइएको छ । निर्माण कार्य सकिएको लामो समयपछि सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई सदरमुकाम सम्म पुग्न सहज भएको स्थानीयले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here