फिदिम- फिदिम नगरपालिकाको बजारमा रहेको पाथभिरा मिष्ठान भण्डारमा आगलागी भएको छ ।
आगलागीबाट पाथभिरा मिष्ठान भण्डार भएको संगित राना मगरको दुई तले घर र कर्ण कुमार थापा मगरको घरमा रहेको सीत होटल पुर्णरुपमा नष्ट भएको छ । नजिकै रहेको पाँचथर गेष्टहाउसमा पनि क्षति पुगेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । फिदिम नगरपालकिाको दमकल, नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना र स्थानयिहरुले आगो नियन्त्रण गरेको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


















