कैलाली- बिहीबार बेलुकी आएको हावाहुरीका कारण कैलालीमा २ जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका छन्।
घाइते मध्ये २ जनालाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर ठोकिदाँ अर्का एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए।
हावाहुरीका कारण ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध हुनुका साथै विद्युत टेलिफोन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


















