अनुहारवाला पर्स भयो भाइरल

92

एजेन्सी / अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ ।

के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ । ट्वीटरमा एकजना प्रयोगकर्ताले यो अनौठो पर्सको भिडियो शेयर गरेपछि त्यो भाइरल भएको छ । ५४ सेकेण्डको उक्त भिडियो अहिलेसम्म झण्डै डेढ करोडले हेरिसकेका छन् । उक्त भिडियोमा देखिएको पर्स कुनै पुरुषको दाह्रीयुक्त अनुहारसँग मिल्दछ ।

दाँत, गुलाबी गिँजाहरु तथा जिब्रो प्रष्टै देखिन्छ त्यो पर्समा देखिन्छ । भिडियो भाइरल भएसँगै यो पर्सका बारेमा अनेक प्रकारका टिप्पणी पनि आइरहेका छन् । धेरैजनाले यस्तो पर्स देख्दा आफुलाई निकै असहज महसुस हुनुका साथै बेचैन भएको समेत उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here