सप्तरीमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु

119

राजविराज- सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ  दुर्घटनामा ४ जना घाइते भएका छन् ।

शनिबार बिहान बा १६ च २२३५ नम्बरको जीप पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ बक्साहामा दुर्घटना भएको थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।

पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।

घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here