काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीद्धारा सातै प्रदेशका सहइन्चार्जको थपेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले प्रदेशमा सहइन्चार्ज तोकेको हो ।
प्रदेश १ मा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र चौधरी र महेन्द्र पाशवान, प्रदेश ३ मा काशिनाथ अधिकारी र हितमान शाक्यलाई सहइन्चार्ज बनाइएको छ। यसका साथै गण्डकी प्रदेशमा किरण गुरूङ र यशोदा सुवेदी गुरूङ, प्रदेश पाँचमा कुलप्रसाद केसी र वैजनाथ चौधरी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा खगराज भट्ट र भानुभक्त जैसीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको हो ।


















