थ्रिलर कथामा आधारित चलचित्र ‘पायल’ निर्माण हुने

191

काठमाडौं /  दिनेश लिङ्देनको निर्देशनमा थ्रिलर कथामा आधारित चलचित्र ‘पायल’ निमार्ण गर्ने भएको छ । यस चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभसाइत गरिएको छ । शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु हुने चलचित्र काठमाडौं उपत्यकासँगै पूर्वका विभिन्न ठाँउहरुमा छायांकन गरिने निर्देशक लिङ्देनले जानकारी दिए ।

चलचित्रका लेखक समेत रहेका लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर चलचित्र बनाउन लागेको जानकारी दिए । कविता राई लिङ्देनको लगानी रहने चलचित्रमा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरीलगायतको अभिनय रहनेछ ।

चलचित्र लागि नव नायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । उनकै पहलमा नेपालअघि चलचित्रलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको चलचित्रमा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here