२० लाखको थ्रेस होल्ड हटाउन माग गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ले बुझायो ज्ञापन पत्र

229

-बिष्णुकुमार देवकोटा

दाङ / २० लाखको थ्रेस होल्ड हटाउन माग गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रि लाई ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रको परिपत्र अनुसार सिलाई व्यवसायमा आबद्ध मजदूरहरुले मजदूरको ढाड सेक्नेगरी लगाईएको थ्रेस होल्ड हटाउन अर्थमन्त्रि समक्ष माग गरेको हो ।

व्यक्तिको लाज ढाक्न र सौन्दर्यको समेत बढावा दिने गरी प्राचिनका लबाट सुरुभएको सिलाई व्यवसाय बालिघरे प्रथा हुँदै आुधनिक काल सम्म आईपुग्दा यसले उद्योगको रुपलिएको तर पेशामा आबद्ध मजदूरहरुको क्षमता अभिबृद्धि नभएको भन्दै सिलाई व्यवसायीहरुले देशभरका ७७ वटै जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी समक्ष प्रथम चरणको आन्दोलनको संकेत स्वरुप ज्ञापन पत्र बुझाएको हो ।

आ.ब. ०७६/७७ को बजेट भाषणले आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै संघले साना तथा मझौला व्यवसायीहरुलाई प्रत्येक्ष मारमा पार्नेगरी ल्याएको थ्रेस होल्डको विरोधमा सडकमा उत्रिएको हो ।

थ्रेस होल्डले २० लाख रुपैयाँ सम्मको लगानि भएको सर्टिङ्ग तथा सुटिङ्ग टेलरिङ्ग पसललाई अनिबार्य भ्याटमा दर्ताहुनुपर्नै प्रावधान राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here