काठमाडौं / नेपाली चलचित्र ‘पासवर्ड’ को लण्डनमा छायाँकन गरिएको सन्नी लियोनीले कम्मर मर्काएकी आइटम गीत सार्वजनिक भएको छ।
आजको साम बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन् । गीत विक्रम जोशीले लेखेका हुन् भने दुर्गा खरेलले स्वर दिएकी छन्। गीतमा बलिउडका चर्चित विष्णु देभाले कोरियोग्राफी गरेका छन् ।
लण्डनमा छायाँकन गरिएको उक्त गीत खिच्न पाँच करोड नेपाली रुपैयाँ खर्चिएको निर्माण टिमको दाबी छ । सन्नीले यस गीतका लागी दुई करोड भारु लिएकी खबर छ।
सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा विक्रम जोशी ‘विक्की’, अनुप बिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको अभिनय छ ।


















