समाजवादी पार्टी नेपालबाट सहिदहरुको सम्मानमा श्रद्धाञ्जली व्यक्त

232

काठमाडौं / राष्ट्रिय समाजवादी नेपालाले आज सहिद दिवसको अवसर पारेर श्रद्धाञ्जली सभा आयोजना गरी सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सहिदहरुको सम्मान स्वरुप सहिदको तस्विरमा माल्यार्पण गरिएको हो ।

राष्ट्रिय समाजवादी नेपालका संयोजक रुद्र जङ्ग पुलामीले देशमा प्रजातन्त्र स्थापना, निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनामा वीर सहिदहरुको महत्वपूर्ण योगदान रहेको कुरा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘वर्तमान सरकार सहिदप्रति इमान्दार बन्न सकेको छैन ।’  उहाँले सरकारले भ्रष्टाचार , अन्याय, अत्याचार , असुरक्षा , बलात्कार अन्त्य गर्न नसक्नु सहिदहरुको अपमान गरेको आरोप समेत लगाउनुभएको छ ।

भ्रष्टाचार , अन्याय, अत्याचार , असुरक्षा , बलात्कार अन्त्य गर्न नसक्नु सहिदको सपना अधुरै रहेको जानकारी दिँदै अब सहिदको सपना पुरा गर्न जनताले यस बारे आवाज उठाउन जरुरी रहेको जनाउनुभयो । सरकार सहिदप्रति इमान्दार बन्न नसकेको आरोप समेत संयोजक पुलामीको रहेको छ ।

अहिले देशमा बढिरहेको अन्याय, अत्याचार , भ्रष्टाचार , असुरक्षा अन्त्य र सुशासन सहितको समृद्ध देश निर्माणमा नयाँ शिराबाट उठ्न जनतालाई आव्हान समेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here