ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि तहल्का मच्चियो

179

एजेन्सी / यात्रु बसालेर उड्नै लागेको बेला जब जहाजको आकस्मिक ढोका खुल्यो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एकजना महिला यात्रुले ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि उडान भर्नै आँटेको जहाजभित्र तहल्का मच्चियो ।

पाकिस्तानको वायुसेवा कम्पनी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको पिके ७०२ को विमान शनिबार बिहान बेलायतको म्यानचेष्टर विमानस्थलबाट उडान भर्दै थियो । त्यही क्रममा विमानभित्र रहेकी एक महिला यात्रुले इमर्जेन्सी बटन दबाइदिइन् । जसका कारण विमानका आकस्मिक ढोका खुल्न पुगेका थिए । घटनाका कारण विमानको उडान ७ घण्टा ढिलो भएको पीआइएका प्रवक्ताले बताएका छन् । ट्वाइलेटको ढोका खोल्ने बटन भन्ठानेर इमर्जेन्सी ढोकाको बटन थिचेर भएको घटनाका कारण विमानको इमर्जेन्सी स्लोप सक्रिय भयो । घटनालगत्तै विमानभित्र रहेका यात्रु र उनीहरुका सामानलाई तत्कालै बाहिर निकालेका थिए ।

पीआईएले यो घटनाको छानविन गरिरहेको बताइएको छ । ती महिला यात्रुले आफूले भुलबस् ट्वाइलेटको ढोका खुल्छ भन्ने ठानेर बटन दबाएको जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here