एक बर्षमा एक महिना मात्रै पानी बाहिर हुन्छ

87

एजेन्सी / भारतमा एउटा यस्तो गाउँ रहेको छ जहाँ वर्षको ११ महिना पानी भित्र रहन्छ र केवल एक महिनाका लागि मात्र पानी बाहिर हुन्छ । गाउँ पानी बाहिर निस्किएको त्यो एक महिनामा त्यहाँका मूल बासिन्दाहरु गाउँ फर्किन्छन् र उत्सव मनाउँदै आइरहेका छन् ।

भारतको गोवास्थित कुर्दी गाउँको कथा हो यो । सालौलिम नदीको किनारमा यो गाउँ रहेको छ । कुनै समय यो गाउँ जीवन्त थियो । उक्त गाउँको जनसंख्या झण्डै ३ हजार थियो । त्यहाँको जमिन निकै उर्वर थियो र गाउँलेहरु धानखेती गर्दथे । धानमात्र होइन, नरिवल, काजू, आँप तथा कटहरजस्ता फलफूलका रुख पनि प्रसस्तै थिए । तर सन् १९८६ मा गाउँलेहरु उक्त गाउँबाट विस्थापित हुनुपर्यो । किनकि गोवा राज्यको पहिलो बाँध त्यहाँ बनाउन थालिएको थियो । जसका कारण उक्त गाउँ डुबानमा पर्नेवाला थियो । अन्ततः नदीमा बाँध बाँधेसँगै सो गाउँ डुबानमा पर्यो ।

अहिले वर्षमा अधिकांश समय यो गाउँ बाँधले बनाएको तालभित्रै डुब्दछ । तर हरेक वर्ष मे महिनामा नदीमा पानीको सतह घटेसँगै पानीमुनि रहेको खण्डहरु गाउँ देखा पर्दछ । पानीको सतह कम भएसँगै गाउँको खण्डहरका साथै हिलो भरिएका घरेलु सामानहरु यत्रतत्र देखिन्छन् । कुनै समय गाउँमा रहेका मन्दिर, मस्जिद तथा चर्चका भग्नावशेष पनि देखा पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here