मनकामना दर्शन : मनकामना केवलकारमा एक महिनामै १ लाख ३५ हजार यात्रु चढे

261

काठमाडौं /  मनकामना केवलकारमा जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन्। एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ।

‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार यात्रा गर्ने अहिलेसम्मकै सबैभन्दा बढेको हो । ’ केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जनाए ।

पछिल्लो समयमा यात्रुको चाप बढ्न थालेपछि कम्पनीले केही महिना अघि तीनवटा गोन्डोला (डिब्बा) थपेको थियो। तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्दै आएको छ।मनकामना दर्शनका लागि नेपाली वाहेक भारतीय पर्यटक समेत उल्लेख्य आउँछन्।

श्रेष्ठका अनुसार केवलकारमा यात्रा गर्नेमध्ये २१ प्रतिशत भारतीय छन्।कम्पनीलेनै सडकमार्गबाट आउने भारतीयका लागि वेसस्टेशनमा खाना पकाउनका लागि आवश्यक पूर्वाधार बनाइदिएको छ।‘हामीले भारतीय पर्यटकलाई लक्षित गरेर खाना पकाउनका लागि आवश्यक पूर्वाधार बनाइदिएका छौं। उनीहरुले त्यही खाना पकाउने र मनकामना दर्शन गर्न जाने गर्छन्।’ श्रेष्ठले भने,’त्यो व्यवस्थाले समेत भारतीय पर्यटकको आकर्षण बढेको हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here