ट्रम्पद्वारा चुनावी अभियान सुरु

43

एजेन्सी  / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो चार वर्षे कार्यकालका लागि आफ्नो चुनावी प्रचार अभियान औपचारिक रूपमा थालनी गरेका छन् । सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि उनले औपचारिक अभियान सुरुवात गर्दै फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन् । यसपटक पनि उनको चुनावी अभियानमा पनि गैर–कानुनी आप्रवासीसम्बन्धि प्रमुख मुद्दा रहेको छ । फ्लोरिडा राज्य आफ्नो ‘दोस्रो घर’ भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि ‘एक ढिक्का रहन’ आग्रह गरे ।

ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई ‘टुक्रा टुक्रा पार्न’ खोजेको आरोप लगाउनु भयो ।प्रारम्भिक मत सर्वेक्षणहरूले ट्रम्प सम्भाव्य डिमोक्रयाटिक प्रतिद्वन्द्वीहरूभन्दा पछाडि रहेको देखाएका छन् ।ओल्र्यान्डोको सभामा बोल्दै ट्रम्पले भने, ‘हामी अमेरिकालाई महान् बनाइ राख्ने छौं । आज म तपाईहरू सामु उभिएर दोस्रो कार्यकालको लागि अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि औपचारिक रूपमा प्रचार अभियान थाल्दैछु ।’

ओल्यान्डोको सभालाई सम्बोधन गर्दै उनले देशले सबभन्दा नागरिकको हेरविचार गर्नु पर्ने बताए । ‘अमेरिकी सपना’ अझ राम्रो, ठूलो र बलियो बनेको उनले भने । उनले बलियो अर्थतन्त्र तथा आप्रवासीबारे कडाइको नीतिलाई मतदाताले रुचाउने अनुमान गरेका छन् । उनको अनौठो नेतृत्व शैली तथा विभाजनकारी मानिने नीतिप्रतिको असहमतिलाई ती योजनाले जित्ने ट्रम्पको आशा गरेको छ । र्‍यालीमा प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति माइक पेन्स समेत उपस्थित थिए । कतिपय मत सर्वेक्षणले भने महत्वपूर्ण राज्यहरूमा ट्रम्प पूर्व उपराष्ट्रपति जो बाइडन लगायतका डेमोक्रेटिक प्रतिद्वन्द्वीभन्दा पछाडि परिरहेको देखाएका छन् ।

सन् २०१६ को चुनावमा ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । सो चुनावमा रुसी हस्तक्षेप भएको भनेर लामो समयदेखिको विवादले अमेरिकी राजनीति प्रभावित रहँदै आएको छ । सोमवार राति ट्वीट गर्दै ट्रम्पले अमेरिकामा रहेका सूचिकृत नभएका सबै आप्रवासीहरूलाई उनीहरू जति छिटो अमेरिका आए त्यति नै छिटो देश निकाला गरिने चेतावनी दिएका छन् । यस महिनाको सुरुमा एक अमेरिकी अधिकारीले अमेरिका छोड्न निर्देशन दिइएका सबै आप्रवासीहरूले तिनका परिवारजनसहित देश छोड्नु पर्ने बताएका थिए । उनले तिनको अनुगमन गरिने जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here