नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाउनु पर्ने : सांसद प्रेम सुवाल

476

काठमाडौं /  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेता र नेतापत्नीलाई नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाएर विदेशमा उपचार गर्न जानु नपर्ने बनाउन प्रस्ताव गरेका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले जिल्लाका अस्पतालमा स्त्री तथा बाल रोग विशेषज्ञका लागि स्तरीय आवास बन्दोबस्त गराउनुपर्ने तथा जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने जनाए । निजी अस्पतालहरुले अन्तर्राष्ट्रिय स्तरको सेवा दिएजस्तै वीर अस्पताल, धुलिखेल अस्पताल, त्रिवि अस्पताल, पाटन अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा दिनका लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग उनले गरेका छन्। साथै सरकारी अस्पताललाई सफा सुग्घर बनाउनुपर्ने, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरी एमबिबिएस र एमडीको कक्षा सुरु गर्नुपर्ने प्रस्तावना समेत पेस गरिएको छ।

प्रस्तावनामा चिकित्सकले प्रामाणित नगरको रामदेवको योगलाई प्रतिबन्धित लगाई फिजियोथेरापी र शारीरिक शिक्षाका विज्ञबाट स्वास्थ्य अभ्यास सञ्चालन गराउनुपर्ने जनाउँदै रामदेवको योगको नाममा बहुराष्ट्रिय कम्पनीको बजारको रुपमा नेपाल भइरहेको कुरामा सरकार सचेत हुन आग्रह गरिएको छ।  सूर्तिजन्य तथा मदिराजन्य पदार्थ तथा हल्का पेय पदार्थ तथा तयारी खाना उत्पादन र बिक्रीमा रोक लगाउनुपर्ने, जनस्वास्थ्यमा सुधार ल्याउन काठमाडौं उपत्यकाका आद्यौगिक क्षेत्रमा सञ्चालित ध्वनि प्रदुषण र रसायन प्रदुषणको उद्योग हटाउनुपर्ने, काठमडौंका औद्योगिक क्षेत्रहरुलाई उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने विषयका बारेमा खर्च कटौटीको प्रस्तावना पेस गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here