काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

67

काठमाडौँ– नेपाली काँग्रेसले आगामी असार २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । विधान र नियमावलीबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

असार २२ गते आइतवार विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा बैठक वस्ने काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जनाएका छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, २०७६, राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयीक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here