युट्यूबमा अब नयाँ तरिकाले हेर्नुहोस् भिडियो

192

एजेन्सी / युट्यूब निकै नै लोकप्रिय भिडियो शेयरिङ साईट हो । इन्टरनेटमा भिडियो शेयरका लागि युट्यूब सबैभन्दा उपर्युक्त विकल्पको रुप भएको छ । तसर्थ युट्यूबको प्रयोग दिनानुदिन बढिरहेको छ । कम्प्युटरमा मात्रै नभएर मोबाइल, ट्याबलेट लगायतमा पनि युट्युब भिडियो हेर्ने गरिन्छ । आज हामीले युट्युबको प्रयोगलाई निकै सहयोग पुर्याउने ‘सर्टकट की’हरुको बारेमा जानकारी दिँदैछौं ।

भिडियोलाई ‘पज’ केही बेरका लागि रोक्नुपर्यो भने ‘K’ थिच्नुस् । यदि एक्कासी युट्यूब भिडियोको साउण्ड म्यूट गर्नुपर्यो भने स्पीकर तथा साउण्ड टूल खोजिराख्ने झन्जट किन ‘M’ बटन दबाउनुस्, आफैं साउण्ड म्यूट हुनेछ ।

भिडियोलाई फूल स्क्रिन गर्नुपरेमा ‘F’ थिच्नुस् । कम्प्युटरमा युट्यूब भिडियो हेर्दै हुनुहुन्छ भने ‘F11’  पनि यसको विकल्प हो । तपाईंले हेरिरहेको भिडियो ५ सेकेण्डका लागि रिवाइन्ड गर्नुपरेमा ‘J’ बटन दबाउनुस् । यदि भिडियोलाई १० सेकेण्ड अघि बढाउन चाहनुभयो भने ‘L’ बटनको प्रयोग गर्नुस् ।

यदि भिडियो थोरै अघि वा पछि सार्नु परेमा राईट तथा लेफ्ट एरो थिच्न सक्नुहुन्छ । भिडियोलाई फेरि हेर्नुपरेमा ‘O’ दबाउनुस् ।

यदि भिडियोलाई १० वटा हिँस्सामा बराबर बाँढेर हेर्नुपरेमा ‘0 देखि 9’ सम्मको जुनसुकै की थिच्न सक्नुहुन्छ । यस्तो गर्दा १ थिच्नु भयो भने १० भाग मध्येको पहिलो भाग प्ले हुन्छ भने 9 थिच्दा अन्तिम भाग । 0  थिच्दा भने सुरुबाट प्ले हुन्छ ।यी कमाण्डहरुले मात्रै युट्यूबमा काम गर्छ । अन्य भिडियो फर्म्याटमा यसको प्रयोग गर्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here