नेकपा सचिवालय बैठक बस्दै

117

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा पार्टी सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ ।

जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज तोक्न बाँकी नै छ ।

आज बस्ने बैठकमा यसबारे ठोस ढंगले छलफल हुने एक नेताले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here